योएलको पुस्तक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “अब ए टुरोस र सीदोन, र पलिश्तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्यो तिमीहरूकै थाप्लोमा म चाँड़ै खन्याइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “ए टुरोस, सीदोन र पलिश्तका सबै भू-भागहरू हो, तिमीहरूले मसित के गर्न खोज्दै छौ? मसित साटो फेर्ने चेष्टा गर्दै छौ? त्यसो हो भने म झट्टै तिमीहरूसितै बदला लिनेछु। Viz kapitolaपवित्र बाइबल4 “हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरू को वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु। Viz kapitola |