योएलको पुस्तक 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 रथहरूका आवाजसँगै पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्छन्, झिँजामिजाहरूलाई भस्म गर्ने आगोका ज्वालाको आवाजझैँ, लड़ाइँको निम्ति पङ्क्ति बाँधेको बलियो सेनाझैँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले पर्वतहरूमाथि उफ्रँदा रथहरूझैँ घररर आवाज निकाल्छन्। सुखा घाँसमा आगो सल्केझैँ तिनीहरू चररर आवाज निकाल्छन्। एउटा ठूलो सेना लडाइँ गर्नलाई तयार भएझैँ तिनीहरूले पङ्क्ति बाँधेका छन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूलाई सुन! तिनीहरूको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरू युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ। Viz kapitola |