योएलको पुस्तक 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 “म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— जुन ठूला सलहहरू र जवान सलहहरूले, अथवा अरू सलहहरूका हुलहरूले, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सलहका हुलहरूले तिमीहरूका अन्नबाली खाएर नाश पारेका वर्षहरूमा तिमीहरूको जति नोक्सान भएथ्यो, त्यो म पूरा गरी फर्काइदिनेछु। सलहहरूका सेना तिमीहरूको विरुद्धमा पठाउने म नै थिएँ। Viz kapitolaपवित्र बाइबल25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरू, ती बगाले सलहहरू अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरू फेरि भरिभराऊ हुनेछौ। Viz kapitola |