योएलको पुस्तक 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अन्धकारमय र उदासी दिन, कालो बादल र अँध्यारोले ढाकेको दिन। झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तो एउटा शक्तिशाली र विशाल सेना आउँछ; यस्तो त पहिले कहिल्यै भएको थिएन, न त आउने युगहरूमा नै यस्तो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अन्धकार र उदासी दिन, बादल र बाक्लो अँध्यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्यस्तो अघि कहिल्यै भएको थिएन, न त फेरि पुस्ता-पुस्तासम्म कहिल्यै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यो अन्धकार र उराठलाग्दो दिन हुनेछ, कालो र बादल लागेको दिन हुनेछ। सलहहरूको ठूलो सेनाको दल पर्वतहरूमाथि अन्धकार फैलिएर गएझैँ अघि बढ्दै आइरहेको छ। यस्तो अघि कहिल्यै भएको थिएन र पछि पनि फेरि कहिल्यै हुनेछैन। Viz kapitolaपवित्र बाइबल2 त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरू विशाल र शक्तिशाली मानिसहरू, पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ। Viz kapitola |