यर्मिया 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्: कि त्यससँग मलाई चिन्ने समझशक्ति छ; म याहवेह हुँ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्दछु; किनकि यिनै कुराहरूमा म प्रसन्न हुन्छु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर जसले घमण्ड गर्छ, त्यसले मलाई चिनेको र बुझेको छ भनी घमण्ड गरोस् किनकि मेरो प्रेम अटुट छ र मेरो काम ठीक र न्यायी छ। यिनै कुराहरूमा म प्रसन्न छु, म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल24 तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।” Viz kapitola |