यर्मिया 9:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ: “ ‘मानिसहरूका लासहरू खुला मैदानमा मलझैँ छरिएका हुनेछन्; तिनीहरू कटनी गर्नेले छोडेको अन्नझैँ हुनेछन्। ती छोडिएको अन्नहरू कसैले बटुल्ने छैन।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्नेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले मलाई यसो भन्न लगाउनुहुन्छ, “बारीका गरोहरूमा गोबर थुपारेझैँ, बाली काटेर बारीमा छोडिराखेझैँ, त्यो बाली कसैले फेरि नबटुलेझैँ लाशका रास चारैतर्फ छरिएका छन्।” Viz kapitolaपवित्र बाइबल22 यी कुराहरूको घोषणा गर: “परमप्रभु भन्नुहुन्छ, ‘मतृ शरीरहरू भूईँमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’” Viz kapitola |