Online Bible

- Reklamy -




यर्मिया 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु; अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु। ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्; अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन। आकाशका चराहरू सबै उडेर गइसकेका छन् र जनावरहरू पनि गइसकेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 पहाड़हरूका निम्‍ति म रुन्‍छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्‍ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्‍यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्‍यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मैले भनें, “पर्वतहरूको निम्‍ति म शोक गर्नेछु र खर्कहरूको निम्‍ति रुनेछु किनभने ती सुकिसकेका छन् र कोही पनि ती ठाउँबाट जाँदैनन्। त्‍यहाँ गाई-वस्‍तु कराएको आवाज सुनिंदैन, पशु-पक्षीहरू पनि भागिसकेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन्, र त्यहाँबाट कोही पनि हिँड्दैनन्। गाई-गोरूहरू रमेको आवाजहरू अब त्यहाँ सुन्न सकिँदैन। चराचुरूङ्गी सबै उडेर गइसके, अनि पशुहरू पनि गइसके।

Viz kapitola kopírovat




यर्मिया 9:10

Následuj nás:

Reklamy


Reklamy