यर्मिया 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्नुहुन्छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्जीरको बोटमा अञ्जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्नेछन्। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “मानिसहरूले अन्न बटुलेझैँ म मेरा प्रजालाई बटुल्न चाहन्थें तर तिनीहरू दाखबिनाका दाखका बोटहरू र फलबिनाका नेभाराका बोटहरूझैँ छन्। तिनीहरूका पातहरूसमेत सुकिसकेका छन्। यसकारण मैले तिनीहरूलाई जे जति दिएँ, ती सबै तिनीहरूका हातबाट खोसिए।” Viz kapitolaपवित्र बाइबल13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु। तिनीहरूका झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन, नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूख्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।’” Viz kapitola |