यर्मिया 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण मेरो नाउँ राखिएको मन्दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण यो मेरो नाममा बनेको मन्दिरलाई, जसमा तिमीहरू भरोसा राख्छौ, म शीलोलाई गरेझैँ गर्नेछु। मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको यस ठाउँलाई शीलोलाई झैँ नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं नष्ट पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा बोलाइन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ। Viz kapitola |