Online Bible

- Reklamy -




यर्मिया 51:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्‍नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “देशमा एउटा झन्‍डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्‍यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्‍नी र अशकनज। त्‍यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्‍डझैँ घोड़ाहरू पठाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 “हमला गर्न सङ्‌केत देओ! जाति-जातिले सुन्‍ने गरी तुरही फुक! बेबिलोनका विरुद्धमा लडाइँ गर्न ती जातिहरूलाई तयार पार! आरारात, मिन्‍नी र अशकनज राज्‍यहरूलाई आक्रमण गर्न भन। लडाइँ अघि बढाउन एउटा सेनापति खटाओ। सलहका बथानसरि घोडाहरू लिएर आओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।

Viz kapitola kopírovat




यर्मिया 51:27

Následuj nás:

Reklamy


Reklamy