यर्मिया 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु; अवश्य नै तिनीहरूले याहवेहका मार्गहरू जान्दछन्, तिनीहरूका परमेश्वरको आज्ञालाई बुझ्दछन्।” तर तिनीहरूले पनि एकसाथ मिलेर आफ्ना जुवाहरू भाँचेका थिए, र बन्धनहरू चुँडाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दछन्।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्धन छिनालिदिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म अधिकारीहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरूबाट परमेश्वरले चाहनुभएका कुराहरू तिनीहरूले थाहा पाऊन्।” परमप्रभुले चाहेका सबै कुराहरू बुझ्नेछन्। तर सबैले परमप्रभुको अधिकार शिरोपर गर्न अस्वीकार गरे र उहाँको आज्ञा मान्न इन्कार गरे। Viz kapitolaपवित्र बाइबल5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु, कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन्, अनि आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए। Viz kapitola |