यर्मिया 5:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि तिनीहरू मोटा र चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामहरूको सीमा नै छैन; तिनीहरूले न्याय खोज्दैनन्। तिनीहरूले अनाथहरूको मुद्दा लडिदिँदैनन्; तिनीहरूले गरिबहरूको अधिकारको रक्षा गर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस् भनी तिनीहरू तिनको न्याय गरिदिँदैनन्। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरू खुब खाएर मोटाएका छन्। तिनीहरूका दुष्कर्महरूको अन्त छैन। तिनीहरूले टुहुरा-टुहुरीहरूका हक खोस्दछन्, अत्याचारमा परेकाहरूको न्याय गर्दैनन्। Viz kapitolaपवित्र बाइबल28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्। Viz kapitola |