यर्मिया 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निल्नेछन्; तिमीहरूका छोराछोरीहरूलाई निल्नेछन्; तिनीहरूले तिमीहरूका भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू निल्नेछन्; तिमीहरूका दाखका बोटहरू र नेभाराका रूखहरू नष्ट गरिदिनेछन्। तिमीहरूले भरोसा गरेका सुदृढ सहरहरूलाई, तिनीहरूका तरवारद्वारा नष्ट गरिदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका दाख र अञ्जीरहरू खाइहाल्नेछन्। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरू तिनीहरूले तरवारले नष्ट पार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले तिमीहरूका अन्न र खाने कुराहरू खाइहाल्नेछन्, तिमीहरूका छोरा-छोरीहरूका प्राण लिनेछन्। तिमीहरूका भेडा-बाख्राहरू र गाई-वस्तुहरू निलिहाल्नेछन् र तिमीहरूका दाख र नेभाराका बोटहरू नाश पार्नेछन्। तिमीहरूले भरोसा राखेका पर्खाल लाएका सहरहरू नष्ट गर्नेछन्। Viz kapitolaपवित्र बाइबल17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू तलवारले नष्ट पर्नेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू नष्ट पर्ने छन् जसमा तिमीहरू भरोसा गर्थ्यौ।” Viz kapitola |