यर्मिया 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण सेनाहरूका याहवेह परमेश्वर यसो भन्नुहुन्छ: “यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले, म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु, र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्म हुने दाउरा तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सर्वशक्तिमान् परमेश्वर परमप्रभुले मलाई भन्नुभयो, “हे यर्मिया, यी मानिसहरूले यस्ता कुरा भनेका कारणले म तेरो मुखमा मेरा वचनहरू आगोझैँ बनाउनेछु र यी मानिसहरूलाई चाहिँ दाउराझैँ बनाउनेछु र त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।” Viz kapitolaपवित्र बाइबल14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।” Viz kapitola |