यर्मिया 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले याहवेहको बारेमा झूटो बोलेका छन्; तिनीहरूले, “उहाँले केही गर्नुहुन्न! हामीमाथि कुनै हानि आइपर्नेछैन; हामीले तरवार र अनिकाल कहिल्यै देख्नेछैनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले परमप्रभुको विषयमा झूटा कुराहरू भनेका छन्। “उहाँले केही गर्नुहुन्न” भनी तिनीहरूले भने। “हामीमाथि कुनै नोक्सानी आइपर्नेछैन। हामी कहिल्यै तरवार वा अनिकाल देख्नेछैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुका प्रजाले उहाँलाई इन्कार गरेका छन्। तिनीहरूले यसो भनेका छन्, “उहाँले वास्तवमा केही गर्नुहुन्न। हामीलाई कष्टको समय आउनेछैन। लडाइँ वा अनिकाल हुनेछैन।” Viz kapitolaपवित्र बाइबल12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे, तिनीहरूले विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घट्ना घट्ने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’ Viz kapitola |