यर्मिया 49:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 दमस्कसको विषयमा: “हमात र अर्पाद अलमल्ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू डरले चञ्चल भएका छन्, र शान्त हुन नसक्ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दमस्कसबारे परमप्रभुले यो वचन दिनुभयो, “हमात र अर्पाद सहरका मानिसहरू चिन्ता र कष्टमा छन् किनभने तिनीहरूले नराम्रा खबर सुनेका छन्। समुद्रको बाढझैँ तिनीहरूमाथि फिक्री आइपरेको छ र तिनीहरूले आराम गर्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल23 यो सन्देश दमिशक शहरसित सम्बन्धित छ: “हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुलक्षिणको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्। Viz kapitola |