यर्मिया 47:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्ट गर्ने दिन आएको छ। याहवेहले कप्तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्ट गर्न लाग्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने पलिश्तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई सहायता गर्न सक्नेहरू सबै नष्ट हुनेछन्। परमप्रभुले पलिश्तीहरूलाई नाश गर्न लाग्नुभएको छ, कप्तोरका किनारहरूका बाँकी रहेकाहरूलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पलिश्ती देशलाई नाश पार्ने, टुरोस र सीदोनलाई सहायता गर्नेहरू मारिने समय आएको छ। म परमप्रभुले क्रेटका किनारबाट आएका सबै पलिश्तीहरूलाई नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले नष्ट गर्नु हुनेछ। Viz kapitola |