यर्मिया 46:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर म के देख्दैछु? ती इजिप्टियन सेनाहरू त्रसित भएका छन्; तिनीहरू पछि हट्दैछन्; तिनीहरूका योद्धाहरू हारेका छन्। तिनीहरू पछाडि नहेरी हतार-हतार भाग्दैछन्; अनि त्यहाँ चारैतिर त्रास नै त्रास फैलिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 म के देख्दैछु? तिनीहरू त डराएका छन्। तिनीहरू पछि हट्दैछन्। तिनीहरूका योद्धाहरूले हार खाए। तिनीहरू चाँड़ो-चाँड़ो गरी भाग्दैछन्। तिनीहरू पछि हेर्दैनन्, चारैतिर त्रासै-त्रास छ,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “म के देख्दछु?” परमप्रभुले सोध्नुहुन्छ, “तिनीहरू डरले भाग्दै छन्। तिनीहरूका योद्धाहरू पछि हट्दै छन्, हार खाएर डरले जति सक्छन्, छिटो भाग्दै छन् र पछिल्तिर नहेरी भाग्दै छन्। Viz kapitolaपवित्र बाइबल5 मैले के देखें? सिपाहीहरू भयभीत छन्, अनि भागिरहेका छन्। ती वीर सेनाहरू, परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। Viz kapitola |