यर्मिया 44:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्नावशेष भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभयो, “यरूशलेम र यहूदाका अरू सबै सहरहरूमाथि मैले ल्याएको विनाश तैँले आफ्नै आँखाले देखिस्। अहिले पनि ती सहरहरू ध्वस्त छन् र त्यहाँ कोही मानिस बस्दैन Viz kapitolaपवित्र बाइबल2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेष मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन। Viz kapitola |