यर्मिया 44:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यहूदाका बाँकी रहेकाहरू जो मिश्रदेशमा प्रवासी भएर बस्नलाई गएका छन्, तिनीहरूमा एउटै पनि बाँच्नेछैन न उम्कनेछ, र तिनीहरूले यहूदा देशमा फर्केर बस्ने इच्छा गरे तापनि केही शरणार्थीहरूबाहेक तिनीहरू एउटै पनि फर्कन पाउनेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यहूदामा छोडिएका बाँकी मानिसहरू, जो मिश्रमा बसोबास गर्न आएका छन्, कोही पनि उम्कने वा बाँच्नेछैनन्। तीमध्ये एक जना पनि यहूदामा फर्कनेछैन, जहाँ तिनीहरू फेरि एक पल्ट बसोबास गर्न चाहन्छन्। मिश्रबाट भाग्ने थोरै मानिसहरूबाहेक अरू कोही फर्कनेछैनन्।” Viz kapitolaपवित्र बाइबल14 यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिनँ। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।’” Viz kapitola |