यर्मिया 44:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मिश्रदेशमा गएर बस्न निश्चय गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्ट गर्नेछु। मिश्रदेशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरवार वा अनिकालले तिनीहरू नष्ट हुनेछन्। सानोदेखि लिएर ठूलोसम्म सबै मानिसहरू तरवार र अनिकालद्वारा मर्नेछन्। तिनीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहूदामा छोडिएका बाँकी मानिसहरू, जसले मिश्रमा गई बसोबास गर्ने पक्का इच्छा गरेका छन्, तिनीहरूचाहिँ सबै नाश हुनेछन्। तिनीहरू ठूला-साना सबै मिश्रमा मर्नेछन्, अनिकाल कि लडाइँमा मर्नेछन्। तिनीहरूलाई हेर्दा तिनीहरूको दशा डरलाग्दो देखिनेछ। तिनीहरूलाई गिल्ला र घृणा गरिनेछ। अनि तिनीहरूको नाम सरापको रूपमा प्रयोग गरिनेछ। Viz kapitolaपवित्र बाइबल12 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्। Viz kapitola |