Online Bible

- Reklamy -




यर्मिया 42:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्‍नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्‍नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘जसरी मेरो रीस र क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएका थिए, त्‍यसरी नै तिमीहरू मिश्रदेशमा गयौ भने मेरो क्रोध तिमीहरूमाथि पनि खनिनेछ। तिमीहरू सराप र त्रास, अपराध र निन्‍दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्‍यै देख्‍न पाउनेछैनौ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जसरी मेरो रिस र प्रचण्‍ड क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएको थियो, त्‍यसरी नै तिमीहरू मिश्रदेशमा गई बस्‍यौ भने मेरो प्रचण्‍ड क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरूको दशा हेर्दा डरलाग्‍दो हुनेछ, मानिसहरूले तिमीहरूलाई गिल्‍ला र घृणा गर्नेछन् र सराप दिंदा तिमीहरूको नाम लिएर सराप दिनेछन्। यो देश तिमीहरूले फेरि देख्‍नेछैनौ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध बर्षाउनेछु। तिमीहरू श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’

Viz kapitola kopírovat




यर्मिया 42:18

Následuj nás:

Reklamy


Reklamy