यर्मिया 40:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई साङ्लाले बाँधेर बेबिलोनमा लगिन लागेका यरूशलेम र यहूदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनलाई रामामा छोड़िदिएपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सेनापति नबूजरदानले मलाई रामामा छोडिदिएपछि परमप्रभु मसित बोल्नुभयो। बेबिलोनतिर कैद गरी लगिएका यरूशलेमका र यहूदाका अरू मानिसहरूसित साङ्लाले बाँधेर लगिएको अवस्थामा तिनले मलाई भेट्टाएका थिए। Viz kapitolaपवित्र बाइबल1 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे। Viz kapitola |