Online Bible

- Reklamy -




यर्मिया 36:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्‍ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 म त्‍यसलाई, त्‍यसका सन्‍तानलाई र त्‍यसका टहलुवाहरूलाई तिनीहरूका दुष्‍ट्याइँको निम्‍ति दण्‍ड दिनेछु। म तिनीहरूमाथि र यरूशलेममा बस्‍नेहरू र यहूदाका मानिसहरूमाथि ती सबै सर्वनाश ल्‍याउनेछु, जसको घोषणा मैले तिनीहरूका विरुद्धमा गरिसकेको छु, किनभने यी कुरामा तिनीहरूले ध्‍यानै दिएनन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिमीहरू सबैका पापका कारणले म तँलाई, तेरा सन्‍तान र भारदारहरूलाई दण्‍ड दिनेछु। मेरो चेतावनीप्रति नत तैँले केही ध्‍यान दिइस् नत यहूदा र यरूशलेमका बासिन्‍दाहरूले केही ध्‍यान दिए। यसकारण जुन विपत्ति ल्‍याउने डर मैले तिमीहरूलाई देखाएको थिएँ, त्‍यो विपत्ति तिमीहरू सबैमाथि म ल्‍याउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।’”

Viz kapitola kopírovat




यर्मिया 36:31

Následuj nás:

Reklamy


Reklamy