यर्मिया 35:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसबाहेक तिमीहरूले कहिल्यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्ता कामहरू कहिल्यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्म बाँचिरहून् भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्तेझैँ बस्नू’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले हामीलाई घर बनाउन, खेती-किसानी गर्न र दाखबारी लाउन वा किन्न पनि मनाही गरेका छन्। उनले हामीलाई सधैँभरि पालमा बास गर्ने आज्ञा गरेका छन्, ताकि हामीले परदेशी भई बसोबास गरेका देशमा धेरै दिन रहिरहन सकौं। Viz kapitolaपवित्र बाइबल7 उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’ Viz kapitola |