यर्मिया 35:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्दाहरूमाथि मैले उच्चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्यानसित सुनेनन्। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसैकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमी यहूदा र यरूशलेमका मानिसहरूमाथि मैले प्रतिज्ञा गरेका सबै विनाश ल्याउनेछु किनभने म बोल्दा तिमीहरूले कान थापेनौ र मैले बोलाउँदा तिमीहरूले जवाफ पनि दिएनौ।” Viz kapitolaपवित्र बाइबल17 “यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै सङ्कटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाकें तर तिनीहरूले जवाफ दिएनन्।’” Viz kapitola |