यर्मिया 34:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यसकारण याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्ना स्वदेशी दाजुभाइलाई स्वतन्त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्ति ‘स्वतन्त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति घृणित तुल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 र अब म परमप्रभु भन्दछु कि तिमीहरूले मेरा आज्ञापालन गरेनौ, आफ्ना इस्राएली बन्धुहरूलाई छुटकारा दिएनौ। ठीक छ, अब म तिमीहरूलाई स्वतन्त्रता दिंदछु: लडाइँ, अनिकाल र रुढीद्वारा नष्ट हुने स्वतन्त्रता। जे म तिमीहरूलाई गर्नेछु, त्यो देखेर संसारका हरेक जाति तर्सनेछ। Viz kapitolaपवित्र बाइबल17 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई मुक्ति घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ। Viz kapitola |