यर्मिया 34:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर अब तिमीहरूले मन बदली गरेर मेरो नाउँ बिटुलो पारेका छौ। तिमीहरू हरेकले जुन कमारा-कमारीलाई तिनीहरूको इच्छाअनुसार छोड़िदिएर मुक्त गरिदिएका थियौ, उनीहरूलाई फेरि आफ्ना कमारा-कमारी तुल्याउनलाई बलजफती गर्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर तिमीहरूले फेरि आफ्ना मन बदली गर्यौ र मेरो अपमान गर्यौ। तिमीहरू सबैले जुन कमारा-कमारीहरूलाई तिनीहरूका इच्छाअनुसार छुटकारा दिएका थियौ, तिनीहरूलाई फर्काई ल्यायौ र फेरि बलजफ्ती कमारा-कमारी बनायौ Viz kapitolaपवित्र बाइबल16 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।’ Viz kapitola |