यर्मिया 33:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्तानहरूलाई इन्कार गर्नेछु, र त्यसको सन्तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्य गर्नलाई म चुन्नेछैनँ। किनकि म तिनीहरूको सुखशान्ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जसरी पक्का प्रकारले यी कामहरू मैले गरेको छु, त्यसरी नै म याकूबका सन्तानसित र मेरो सेवक दाऊदसित बाँधेको आफ्नो करार पूरा गर्नेछु। अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न म दाऊदको सन्तानबाट एक जनालाई चुन्नेछु। म मेरा प्रजालाई दया गर्नेछु र फेरि तिनीहरूको पहिलेको जस्तै फलिफाप गराउनेछु।” Viz kapitolaपवित्र बाइबल26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।” Viz kapitola |