यर्मिया 32:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 फेरि यस देशमा जग्गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 मानिसहरूले भनिरहेका छन् कि यो देश मानिस वा पशुहरू बास गर्न नसक्ने मरुभूमिझैँ हुनेछ र बेबिलोनीहरूका हातमा जानेछ। तर यस देशमा फेरि एक पल्ट खेतबारी किन-बेच गरिनेछन्। Viz kapitolaपवित्र बाइबल43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्। Viz kapitola |