यर्मिया 29:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 ‘याहवेहले तिमीलाई यहोयादाको ठाउँमा याहवेहको भवनको जिम्मेवार पुजारी नियुक्त गर्नुभएको छ। तिमीले त्यहाँ अगमवाणीको नक्कल गर्ने जुनसुकै बौलाहाजस्तो अगमवक्तालाई ठिँगुरोमा हाल्नू र त्यसको घिच्रोमा फलामको साङ्लाले बाँधेर राख्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 ‘परमप्रभुले तिमीलाई यहोयादा पूजाहारीको सट्टामा परमप्रभुका घरको जिम्मा लिनलाई पूजाहारी नियुक्त गर्नुभएको हो। तिमीले त्यहाँ अगमवाणी गर्ने कुनै पनि बौलाहालाई ठिँगुरोमा हाल्नू र घिच्रोमा फलाम झुण्ड्याएर राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “परमप्रभुले तिमीलाई यहोयादाको सट्टामा पूजाहारी बनाउनुभयो र अब तिमी मन्दिरको मुख्य अधिकृत भएका छौ, म अगमवक्ता हुँ भनी बहाना गरी हिंड्ने हरेक बौलाहालाई ठिंगुरो ठोकी त्यसको घिच्रोमा फलामको कठालो लाइदिने काम तिम्रो हो। Viz kapitolaपवित्र बाइबल26 शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ। Viz kapitola |