यर्मिया 27:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तर यदि कुनै जाति अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्नो घिच्रो राख्न मानेन भने, म त्यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिनेछु, जबसम्म म उनीहरूलाई त्यसको हातद्वारा नष्ट गर्दिनँ, परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तर यदि कुनै जाति वा राज्यले उसको जुवा बोक्न अर्थात् उसको अधीनमा रहन चाहँदैन भने त्यसलाई नबूकदनेसरले पूरा नाश नगरेसम्म म त्यस जातिलाई लडाइँ, अनिकाल र रुढी ल्याएर सजाय दिनेछु। Viz kapitolaपवित्र बाइबल8 “‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,’” यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु। Viz kapitola |