यर्मिया 27:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब पूजाहारीहरू र यी सबै मानिसहरूलाई मैले यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना अगमवक्ताहरूका कुरा नसुन, जसले भन्छन्, ‘परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू अब चाँड़ै बेबिलोनबाट ल्याइनेछन्।’ उनीहरूले तिमीहरूलाई झूटा अगमवाणी भन्दैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब परमप्रभुले भन्नुभएको कुरा मैले पूजाहारीहरू र मानिसहरूलाई सुनाएँ, “मन्दिरका धन-सम्पत्ति बेबिलोनबाट फर्काई ल्याइनेछन् भन्ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई ढाँट्दै छन्। Viz kapitolaपवित्र बाइबल16 तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्। Viz kapitola |