यर्मिया 26:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्याए, र राजा यहोयाकीमको सामुन्ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्ने ठाउँमा फ्याँकिदिन लगाए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले ऊरियाहलाई यहोयाकीम राजाकहाँ फर्काई ल्याए। राजाले तिनलाई मारेर तिनको लाश साधारण मानिसहरूका चिहाने-घारीमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाड्ने चिहानमा फ्याँकिदिए। Viz kapitola |