यर्मिया 26:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेह यसो भन्नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभु यसो भन्नुहुन्छ: परमप्रभुका घरको चोकमा खड़ा हो, र परमप्रभुको घरमा आराधना गर्न आउने यहूदाका नगरहरूका समस्त मानिसहरूलाई मैले तँलाई भन्नू भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्, एउटै कुरा पनि नछोड्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले मलाई यसो भन्नुभयो, “मन्दिरको चोकमा खडा हो र मैले आज्ञा गरेका सबै कुरा यहूदाका सहरहरूबाट मन्दिरमा आराधना गर्न आउने मानिसहरूलाई एउटै कुरा नछोडी सुना। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड। Viz kapitola |