यर्मिया 25:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 “अब तिनीहरू सबैको विरुद्धमा अगमवाणी गर्, र तिनीहरूलाई भन्: “ ‘याहवेह उचाइबाट गर्जनुहुनेछ; उहाँ आफ्नो पवित्र वासस्थानबाट मेघ गर्जनजस्तै गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा अति जोडसँग गर्जनुहुनेछ। उहाँ पृथ्वीमा बस्ने सबै मानिसहरूको विरुद्धमा, अङ्गुर पेल्ने मानिसहरूजस्तो जोडसित चिच्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “अब तैंले चाहिँ उनीहरूका विरुद्धमा यी सबै कुराको अगमवाणी कहेर उनीहरूलाई भन्, ‘परमप्रभु माथिबाट गर्जनुहुनेछ, आफ्नो पवित्र वासस्थानबाट उहाँ गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ! पृथ्वीमा बस्नेहरू सबैका विरुद्धमा, दाखमद्य कुल्चनेहरूजस्तै उहाँ चिच्च्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “ए यर्मिया, मैले भनेका सबै कुरा तैँले सुनाउनुपर्नेछ। तैँले यी मानिसहरूलाई यसो भन्नुपर्नेछ, ‘परमप्रभु स्वर्गबाट गर्जनुहुनेछ, स्वर्गका उच्चस्थानबाट भयानक आवाज गर्नुहुनेछ, उहाँ आफ्नो प्रजाको विरुद्धमा गर्जनुहुनेछ, दाख कुल्चने मानिसझैँ उहाँ कराउनुहुनेछ। पृथ्वीका हरेक मानिसले उहाँको सोर सुन्नेछ। Viz kapitolaपवित्र बाइबल30 “यर्मिया! तिनीहरूलाई भन्छन्: ‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ। उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ। परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ। उहाँ दाखरस बनाउनेले अङ्गुर किच्याउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ। Viz kapitola |