यर्मिया 25:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 हेर, म मेरो नाम बोकेको सहरमाथि विपत्ति ल्याउने काम सुरु गर्दैछु; अनि के तिमीहरू दण्डविना उम्कन सक्छौ? तिमीहरू दण्डविना उम्कनेछैनौ; किनकि म यस पृथ्वीमा भएका सबै मानिसहरूमाथि तरवार पठाउँदैछु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 हेर, जुन सहर मेरो नाउँमा कहलिएको छ त्यसमाथि म विपत्ति ल्याउन लागेको छु, र के तिमीहरूचाहिँ दण्ड नपाई बाँच्नेछौ र? तिमीहरू दण्ड नपाई छोडिनेछैनौ, किनभने म पृथ्वीका सबै बासिन्दाहरूका विरुद्धमा एउटा तरवार खटाउनेछु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मेरो ध्वस्त गर्ने काम मेरो आफ्नै सहरमा म सुरु गर्नेछु। हामीहरू दण्ड नपाई छोडिनेछौं भनी के तिनीहरू ठान्छन्? होइन, तिनीहरूले दण्ड पाउने नै छन् किनभने म पृथ्वीका सबै जातिमाथि लडाइँ पठाउनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल29 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।’” यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो। Viz kapitola |