यर्मिया 23:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तर तिमीहरूले फेरि ‘यो याहवेहको सन्देश हो’ भनेर उल्लेख नगर्नू; किनभने हरेक मानिसको आफ्नै कुरा उसको ईश्वरवाणी हुन्छ। यसरी तिमीहरूले जीवित परमेश्वर, सेनाहरूका याहवेह हाम्रा परमेश्वरको वचनलाई बङ्ग्याउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तर ‘परमप्रभुको ईश्वरवाणी’ भनेर तिमीहरूले फेरि कहिल्यै उल्लेख गर्नुहुँदैन, किनभने हरेक मानिसको आफ्नै वचन उसको ईश्वरवाणी हुन जान्छ। यसरी तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यसरी तिनीहरूले ‘परमप्रभुको बोझ’ भन्ने वाक्य कहिल्यै व्यवहार नगरून् किनकि यदि कसैले सो गर्यो भने मेरो सन्देश त्यसको निम्ति साँच्चै बोझ हुनेछ। मानिसहरूले आफ्ना जिउँदा परमेश्वर र सर्वशक्तिमान् परमप्रभुका वचन अपवित्र पारेका छन्। Viz kapitolaपवित्र बाइबल36 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।’ Viz kapitola |