यर्मिया 22:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने दावीदको सिंहासनमा बस्ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि यदि तिमीहरूले साँच्चै यी आज्ञाहरू होशियारीसित पालन गर्यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले साँच्चै मैले भनेअनुसार गर्यौ भने दाऊदका सन्तानहरू राजा भइरहनेछन्। तिनीहरूले आफ्ना भारदारहरू र प्रजाका साथ रथ र घोडाहरूमा सवार भई यस राज-महलका मूल-ढोकाबाट आवत-जावत गरिरहनेछन्। Viz kapitolaपवित्र बाइबल4 यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्। Viz kapitola |