यर्मिया 21:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि याहवेह घोषणा गर्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस सहरका सबै मानिसहरू, जो विपत्ति, तरवार र अनिकालबाट बाँच्नेछन्, म तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसर र तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिनेछु। शत्रुहरूले तिनीहरूलाई तरवारले मार्नेछन्। यी मानिसहरूले तिनीहरूलाई कुनै दया, माया र करुणा देखाउनेछैनन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु भन्नुहुन्छ, त्यसपछि यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू रूढ़ी, तरवार र अनिकालबाट बाँचेका यस सहरमा हुने मानिसहरूलाई बेबिलोनको राजा नबूकदनेसर र तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूका हातमा म सुम्पिदिनेछु। त्यसले तिनीहरूलाई तरवारले मार्नेछ, त्यसले तिनीहरूलाई न त दया न कृपा देखाउनेछ, न तिनीहरूमाथि टिठ्याउनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर तँ यहूदाका राजा सिदकियाह, तेरा भारदारहरू, लडाइँ, अनिकाल र रुढीबाट बचेका मानिसहरू सबैलाई म नबूकदनेसर राजा र तेरा शत्रुहरू, जसले तिमीहरूलाई नाश पार्न चाहन्छन्, तिनीहरूका हातमा कैदी हुनलाई सुम्पिदिनेछु। त्यसले तिमीहरू कसैलाई जिउँदो छोड्नेछैन वा दयामाया देखाउनेछैन र टिठ्याउने पनि छैन। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल7 यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’ Viz kapitola |