Online Bible

- Reklamy -




यर्मिया 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा सबै मित्रहरूका निम्‍ति म एक त्रासको पात्र तुल्‍याउनेछु। तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्‍ने मारिनेछन्‌। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्‍पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु आफैंले भन्‍नुभएको छ, ‘म तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा मित्रहरूका निम्‍ति डरलाग्‍दो मानिस बनाउनेछु र तेरा आँखाका सामुन्‍नेमा तिनीहरू आफ्‍ना शत्रुका तरवारले मारिनेछन्। यहूदाका सबै बासिन्‍दाहरूलाई म बेबिलोनका राजाका हातमा सुम्‍पिदिनेछु, तिनले कतिलाई कैद गरी बेबिलोनमा लैजानेछन् र अरूलाई मार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ, ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।

Viz kapitola kopírovat




यर्मिया 20:4

Následuj nás:

Reklamy


Reklamy