यर्मिया 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूको दुष्टताले तिमीहरूलाई दण्ड दिनेछ; “तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। तिमीहरूले याहवेह तिमीहरूका आफ्ना परमेश्वरलाई त्यागेर मेरो भय नराख्दा त्यो तिमीहरूका निम्ति कति दुष्टता र तितोपना हुनेछ भनी विचार गरेर जान,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूको दुष्टताले तिमीहरूलाई दण्ड दिनेछ, तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तेरो आफ्नै दुष्ट्याइँले तँमाथि दण्ड ल्याउनेछ र तैँले मलाई त्यागेकोले तैँले आफैंलाई दोष्याउनेछस्। म परमप्रभु तेरा परमेश्वरलाई त्याग्नु र मप्रति अभक्ति रहनु कति दुष्ट्याइँ र तीतोपना हुन्छ, सो तैँले बुझ्नेछस्। म सार्वभौम सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल19 तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। सङ्कटहरू तिमीकहाँ आउनेछ। अनि त्यस सङ्कटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर तब तिमीहरूले बुझ्नेछौ, परमेश्वरबाट विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो। Viz kapitola |