यर्मिया 19:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘यस ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरू विफल पारिदिनेछु। म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूको तरवारको सामु राखिदिनेछु; अनि म तिनीहरूका मृत शरीरलाई आकाशका चराहरू र जमिनका पशुहरूको आहाराको निम्ति दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “‘यसै ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरूलाई निष्फल तुल्याइदिनेछु। तिनीहरूलाई आफ्ना शत्रुहरूका सामुन्ने तरवारले, र तिनीहरूका ज्यान लिन खोज्नेहरूका हातद्वारा मार्न लाउनेछु, र म तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहाराको निम्ति दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसै ठाउँमा म यहूदा र यरूशलेमका बासिन्दाहरूका युक्तिहरू विफल पार्नेछु, तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि विजयी गराउनेछु र तिनीहरूलाई लडाइँमा नाश पार्नेछु र तिनीहरूका लाशहरू चरा-चुरुङ्गी र जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु। Viz kapitolaपवित्र बाइबल7 यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु। Viz kapitola |