यर्मिया 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्ने हरेकको कान झनझनाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन, म यस ठाउँमा यस्तो सर्वनाश ल्याउनेछु जसले गर्दा त्यसको विषयमा सुन्नेहरू सबैका कान झनझनाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले मलाई यसो भन्ने आदेश दिनुभयो, “हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर के भन्न चाहन्छु, त्यो सुन। म यस ठाउँमा यस्तो विपत्ति ल्याउनेछु कि त्यसका बारेमा सुन्ने सबै स्तब्ध हुनेछन्। Viz kapitolaपवित्र बाइबल3 अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ। Viz kapitola |