यर्मिया 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यसकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: हेर! म तिमीहरूका निम्ति विपत्ति तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा योजना बनाउँदैछु। यसकारण तिमीहरू हरेक आफ्नो दुष्ट कामबाट फर्क; अनि तिमीहरूका चालहरू र तिमीहरूका कामहरू सुधार।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूलाई भन्, ‘परमप्रभु यही भन्नुहुन्छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण अब यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भन् कि म परमप्रभुले तिनीहरूका विरुद्धमा एउटा युक्ति रच्दै छु र तिनीहरूलाई दण्ड दिने तयारी गर्दै छु। तिनीहरूलाई आफ्ना पापी जीवन छाड्न र आफ्ना चालचलन सुधार्न भन्। Viz kapitolaपवित्र बाइबल11 “यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’ Viz kapitola |