Online Bible

- Reklamy -




यर्मिया 17:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब दावीदका सिंहासनमा बस्‍ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्‍ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्‍नेछन्‌— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तब दाऊद राजाका सिंहासनमा राज्‍य गर्ने तिनीहरूका राजाहरू र राजकुमारहरू यरूशलेमका मूल-ढोकाहरूबाट प्रवेश गर्नेछन्। तब तिनीहरू यहूदा र यरूशलेमका प्रजासाथ रथ र घोडाहरूमा सवार हुनेछन् र यरूशलेम सधैँ मानिसहरूले भरिभराउ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 “‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउँनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा-सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 17:25

Následuj nás:

Reklamy


Reklamy