यर्मिया 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्नुहुन्छ। “तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्था पालन गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब तैँले परमप्रभु यसो भन्नुहुन्छ भनी तिनीहरूलाई जवाफ दे, ‘तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर विराना देवताहरूको पूजा र सेवा गरे र मेरा शिक्षा पालन गरेनन्। Viz kapitolaपवित्र बाइबल11 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुशरण गरी तिनीहरूको सेवा गरे अनि आरधना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे। Viz kapitola |