यर्मिया 15:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 म तिनीहरूका विधवाहरूको संख्या समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु। मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु; म तिनीहरूमाथि एक्कासि सङ्कष्ट र त्रास ल्याउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म तिनीहरूका विधवाहरूको संख्या समुद्रका बालुवाको संख्याभन्दा धेरै बनाउनेछु। मध्यदिनमा तिनीहरूका जवान मानिसहरूका आमाहरूका विरुद्धमा एउटा सर्वनाश गर्नेलाई ल्याउनेछु। शोक र त्रास एक्कासि म तिनीहरूमाथि ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरूका देशमा समुद्रको बालुवाका सङ्ख्याभन्दा धेरै विधवाहरू छन्। तिमीहरूका ठिटाहरूलाई मैले मारें र तिमीहरूका आमाहरूलाई शोकित तुल्याएँ। एक्कासि वेदना र आतङ्क मैले तिनीहरूमाथि ल्याएँ। Viz kapitolaपवित्र बाइबल8 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु। Viz kapitola |