यर्मिया 14:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि ती झूटा अगमवक्ताहरूले अगमवाणी गरिरहेका मानिसहरू अनिकाल र तरवारको कारण यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई गाड्ने कोही पनि हुनेछैनन्। म तिनीहरूले भोग्नुपर्ने विपत्ति तिनीहरूमाथि खन्याइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि तिनीहरूले अगमवाणी गरेका ती मानिसहरूचाहिँ तरवार र अनिकालको कारण यरूशलेमका गल्लीहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड्ने कोही हुनेछैन। तिनीहरूले पाउनुपर्ने सङ्कष्ट म तिनीहरूमाथि नै खन्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि तिनीहरूले भविष्यवाणी सुनाएका मानिसहरूका लाश यरूशलेमका गल्लीहरूमा पडिरहनेछन् र ती गाड्न कोही मानिस हुनेछैन। तिनीहरू सबैका आफ्ना स्वास्नीहरू र छोरा-छोरीहरू समेतको त्यही गति हुनेछ। तिनीहरूलाई आफ्ना दुष्ट्याइँको फल आफैं भोग्न लाउनेछु।” Viz kapitolaपवित्र बाइबल16 जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याँकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु। Viz kapitola |