यर्मिया 11:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्ट काम गरेका छन् र मलाई रिस उठाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सर्वशक्तिमान् परमप्रभु, जसले तिमीहरूलाई रोप्नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्ट काम गरेका छन्, र बाल देवताको निम्ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “म सर्वशक्तिमान् परमप्रभुले इस्राएल र यहूदालाई रोपेको थिएँ तर अब मैले तिनीहरूमाथि विपत्ति ल्याउने फैसला गरेको छु। दुष्ट काम गरेर यो विपत्ति तिनीहरूले आफूमाथि ल्याएका हुन्। बाल-देवतालाई धूप बालेर तिनीहरूले मलाई रिस उठाएका छन्।” Viz kapitolaपवित्र बाइबल17 सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो। Viz kapitola |